काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको छ। दुई अध्यक्षहरु प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दूरी बढेको छ।
ओलीले शनिबारको बैठकमा एक हुन सकिँदैन अलग भएर जाऔँ भन्ने प्रस्ताव जब प्रचण्डलाई गरे नेकपाको विवाद झन उत्कर्षमा पुग्यो। दुई अध्यक्ष कोही टसमस हुने अवस्थामा छैनन्। ओली पार्टी र अरुसँग भएको सम्झौतालाई नमानेर एकलौटी गरिरहेका छन्।
ओलीले लगातार एकोहोरो पेलेपछि अहिले बल्ल प्रचण्ड आफ्नो रणनीति बनाउन जुटेका छन्। उनले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झनाथ खनालको साथ पाएका छन्।
घरि ओलीकाँ घरि प्रचण्डकहाँ पुग्ने नेकपाका उपाध्यक्ष रहेका बामदेव गौतम पनि अहिले प्रचण्डकै कित्तामा छन्। तर, आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनै गौतमसँग भेट गरेकोले भोली देखि उनी ओलीकै कित्तामा जाने सम्भावना पनि देखिन्छ।
नेकपाको विवादमा राष्ट्रपतिको प्रवेशले समस्या झन थप पेचिलो बन्ने पक्का छ। प्रचण्डले सबैखाले भेटघाट बन्द गरेर आन्तरिक रणनीति तयार पारिरहेका छन्।
उनले सरकार गठन पछि भएका सम्पूर्ण कामको दस्तावेजीकरणका साथै पटक पटक भएका सम्झौताको फाइल बनाउन प्रचण्ड व्यस्त रहेको प्रचण्ड निकट एक नेताले बताए। त्यस्तै प्रचण्ड आफैँ पनि दस्तावेज लेख्न व्यस्त छन्।
उनले सोमबार पनि दस्तावेज लेख्न लागेको भन्दै आफू निकटका केही नेतालाई पनि भेट गरेनन्। दस्तावेज तयार पारेर पार्टीको कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले स्थायी समितिको बैठक नै बोलाउने तयारी थालेका छन्। प्रचण्डले बैठक तिहार पछि मात्रै बोलाउने र यसबीच कुनै ठोस कदम नचाल्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।