काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टीले एकता गराइदिएको भन्ने आरोप लागेका नेपाल कम्युनिस्ट पार्टीको फुटको स्थितिमा पुगेको छ । यस समयमा चिनियाँ दूतावास निकै सक्रिय भएको छ ।
शनिबार ११ दिनको संवादहीनता तोड्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रचण्डले सचिवालय बैठक बोलाएर पार्टीका समग्र समस्याहरु समाधान गर्ने प्रस्ताव गरेका थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अब सँगै हिँड्न नसकिने भएकोले अलग-अलग हिँड्नुपर्ने प्रस्ताव राखेका थिए । ओलीको उक्त प्रस्ताव आइतबार खुमलटारमा आफू पक्षका स्थायी समिति सदस्यहरुलाई बोलाएर बतााएका थिए । स्थायी समिति सदस्यहरुले अहिले पार्टी फुटाउन नहुने सुझाव दिएका थिए ।
आइतबार बेलुका प्रचण्डले माधव नेपाल र झलनाथलाई भेट्न खोजेपनि चिनियाँ दूतावासको सन्देश गएपछि उनी रोकिएका थिए । आइतबार प्रचण्डले खुमलटारमा गरेको खुलासापछि सानेपास्थित चिनियाँ एजेन्टहरु खुमलटार पुगेका थिए ।
खुमलटार पुगेर चिनियाँ एजेन्टहरुले दूतावासको सन्देश दिएपछि प्रचण्डले त्यसपछि कुनै अभिव्यक्ति सार्वजनिक गरेका छैनन् । यसअघि रअको विरोध गर्दै अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीको विरोध गरेका नारायणकाजी श्रेष्ठले पनि केही बोलेका छैनन् ।
आइतबार राति चिनियाँ एजेन्टहरु रातारात खुमलटार पुगेको उच्च स्रोतको दाबी छ । तर, उनीहरुले लगेको सन्देश के थियो भन्ने विषयमा भने खुलाइएको छैन । भारतविरोधी भावनालाई बेचेर सत्तामा रहिरहने खेलमा रहेका ओलीले बुधबार राति रअ प्रमुखलाई भेट गरेपछि उनले प्रचण्डलाई सहमतिमै पार्टी फुटाउने प्रस्ताव गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।