आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

नेकपा फुट्न नसक्ने, कांग्रेस जुट्न नसक्ने

नेकपा फुट्न नसक्ने, कांग्रेस जुट्न नसक्ने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 6.6K
    SHARES

  • नेकपा फुट्न नसक्ने, कांग्रेस जुट्न नसक्ने

    काठमाडौं - मुलुकका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा यतिबेला आन्तरिक किचलोमा फसेका छन् । नेपाली कांग्रेस सिंगो पार्टी हो भने नेकपा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी हो । नेकपा अहिले सत्तारुढ दल हो ।

    साढे दुई वर्षअघि नेकपा गठन भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलभित्र देखिएको विवादका कारण आमजनताले दुःख पाउँदै आएका छन् । पछिल्लो समय नेकपा विभाजन हुनेसम्मको चर्चा चलेको छ ।

    नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले पार्टी फुटको अवस्थामा पुगेको नेताहरुले नै बताउन थालेका छन् । तर, राजनीतिक परिघटना हेर्दा नेकपा फुट्ने अवस्था छैन ।

    किनभने यसअघि पनि नेकपा आजै फुट्यो, भोलि नै फुट्यो भन्ने हल्ला नचलेको होइन । तर, प्रधानमन्त्री केपी ओलीले यसबीचमा गरेका विभिन्न निर्णयले नेकपा विभाजन हुँदै त छैन भन्ने शंकालाई पुर्याएको छ ।

    नयाँ पार्टीका लागि अध्यक्ष खोज्दै हिँड्नु, पार्टी विभाजनको अध्यादेश ल्याउनु, सांसदहरुको हस्ताक्षर संकलन गर्नु, फुटका लागि तयार रहन सेलसम्म सर्कुलर गर्नु, फुटको आधारका लागि नेताहरु खटाउनु, संसद बिघटन र मध्यावधिका लागि प्रयास गर्नुले ओली नेकपा विभाजनमा अग्रसर त छैनन् भन्ने देखिन्छ ।

    तर, युवा नेताहरूको प्रयासका कारण नेकपा फुटिहाल्ने अवस्था नरहेको नेताहरु बताउँछन् । यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेस अहिले निद्रामा छ । ओली सरकारले गरेका गलत क्रियाकलाप र निर्णयको दह्रोसँग विरोध गर्न सकिरहेको छैन ।

    यदि ओली सरकारले गरेका गलत निर्णयको कडा ढंगले विरोध गर्दै जनतासमक्ष लैजान सके कांग्रेसलाई अर्को चुनावमा निकै फाइदा पुग्ने थियो । तर सभापति शेरबहादुर देउवाले त्यसप्रति ध्यान दिएको देखिएको छैन ।

    नेता रामचन्द्र पौडेल समूहले असहयोग गरेकाले पनि कांग्रेस एकढिक्का हुन सकेको छैन । जसले गर्दा कांग्रेस कहाँ छ भन्ने जनताले खोजी गर्न थालेका छन् । आमजनता कांग्रेस सशक्त ढंगले अघि बढेको हेर्न चाहन्छन् । तर, अहिलेको नेतृत्व आफ्नो समूह बलियो बनाउनमै व्यस्त देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend