काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तारुढ नेकपामा देखिएको विवादलाई लिएर सो पार्टीका नेता कार्यकर्तालाई कटाक्ष गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलन धराशयी हुनुको प्रमुख कारण नेतृत्वले रंग फेरिसकेपछि पनि नेता कार्यकर्ताले विद्रोह गर्न नसक्नु रहेको भट्टराईको ठम्याइँ छ ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वकम्युनिस्ट नेता भट्टराईले अहिलेको स्थितिमा केपी ओलीसँग सती जाने कि नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्नसमेत गरेका छन् ।
उनले लेखेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापालीरमाओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्, अरु उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।