काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरेको प्रस्ताव गृहमन्त्री रामबहादुर थापा बादलले अस्विकार गरेका छन् ।
शनिबारको भेटमा ओलीले प्रचण्डलाई अलगअलग जाऔं भनेर प्रस्ताव गरेपछि प्रचण्डले खुमलटारमा ६ नेताहरुसँग छलफल बिफ्रिङ गरेका थिए । सोही बिफ्रिङमा सहभागि गृहमन्त्री बादलले प्रचण्डको प्रस्ताव अस्विकार गरेका हुन् ।
प्रचण्डले बादललाई 'अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियोु, त्यसैले तपाईंले हामीलाई साथ दिएर ओलीजीलाई बिदा गर्ने वातावरण बनाउनुपर्यो।' भन्ने प्रस्ताव गरेका थिए ।
तर, गृहमन्त्री बादलले भने, हिजो मात्रै सहमति भएको आज फेरि यस्तो गम्भीर कुरा किन ? स्थायी कमिटि र चिवालय बैठकबाट विवाद समाधान गर्नुपर्छ भन्दै प्रचण्डको प्रस्ताव अस्विकार गरको हुन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अन्य नेताहरुले भने प्रचण्डको समर्थन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।