बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

दाहालले अकस्मात बोलाए आफू निकट स्थायी समिती

दाहालले अकस्मात बोलाए आफू निकट स्थायी समिती

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 5.1K
    SHARES

  • दाहालले अकस्मात बोलाए आफू निकट स्थायी समिती

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच चरम विवाद चुलिएको अवस्थामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका छन् । दसैंमा गृहजिल्ला पुगेका स्थायी समिति सदस्यलाई दाहालले अचानक काठमाडौं बोलाएका हुन् ।

    अध्यक्ष दाहालले आफुलाई काठमाडौं बोलाएको पूर्वमोओवादी कोटामा स्थायी समिति सदस्य भएका एक नेताले  बताएका छन् । ती सदस्यले एक सञ्चारमाध्यमलाई अध्यक्ष दाहालबाट भोलि बिहानसम्म काठमाडौं पुग्न भनिएको बताएका छन् ।
     
    यद्यपी अध्यक्ष दाहालले सबै स्थायी समिति सदस्यलाई भने बोलाएका छैनन् । कर्णालीमा मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका नेताले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ ।

    हिजोको दुई अध्यक्षबीचको भेटमा ओलीले पार्टी एक्ता फुटाउने प्रस्ताव सारेका छन् । योसँगै अहिले प्रचण्डपक्ष एवं अन्य नेताहरु एकता कायम राख्न संघर्षरत छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend