काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्न नसक्दा तिहार अघि नै पार्टी फुट्नसक्ने संकेत देखिएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष दाहालले खुमलटारमा आफू निकट नेताहरूसँग ओलीले शनिबारको भेटघाटमा गरेको प्रस्तावको ब्रिफ्रिङ गर्दै यस्तो संकेत गरेका हुन् ।
प्रधानमन्त्री रहेका कपी शर्मा ओलीले कार्यकारी अध्यक्ष दाहालसँग 'सँगै जान सकिएन, अब अलग-अलग लागौं' भन्दै पार्टी फुट्ने धम्कीपूर्ण एवं चुनौतीपूर्ण प्रस्ताव गरेका हुन् ।
शनिबार र आइतबार दुवै दिनकोको छलफलमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग 'अलग-अलग लागौं' भन्ने प्रस्ताव गरेको बताइएको छ । ओली प्रस्ताव पार्टी फुटाल्ने किसिमको आएसँगै तिहारअघि नै नेकपा फुटको अवस्था पार गर्न सक्ने संकेत देखिएको छ ।
यद्यपी अहिले नेकपाका अन्य नेताहरु पार्टी एकता जोगाउँन लागि परेका छन् । आइतबार साँझ मात्रै नेकपाका महासचिव एवं ओलीका निकट पात्र बिष्णु पौडेल प्रचण्डसँग भेटघाटका लागि खुमलटार पुगेका छन् ।
यसबाहेक प्रचण्ड आफैले पनि खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।