बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारमा ओली-प्रचण्डबीच भयो यस्तो कुरा, विवाद साम्य होला त ?

बालुवाटारमा ओली-प्रचण्डबीच भयो यस्तो कुरा, विवाद साम्य होला त ?

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 7.7K
    SHARES

  • बालुवाटारमा ओली-प्रचण्डबीच भयो यस्तो कुरा, विवाद साम्य होला त ?

    काठमाडौं- १२ दिनदेखिको संवादहीनतापछि शनिबार दिउँसो प्रधानमन्त्री निवासमा नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली एवं अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । एक्लाएक्लै छलफलमा जुटेका नेकपाका दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका लागि कुरा हुने भएको थियो ।

    भेटका क्रममा नेकपाका कार्यकारी अध्यक्ष दाहालले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। अध्यक्ष दाहालले ओली समक्ष तत्काल सचिवालय बैठक राखेर पार्टीभित्रका विवाद लगायतमा छलफल गर्ने प्रस्ताव राखेका हुन् ।

    तर, प्रचण्डको कुरामा ओलीले भने कुनै प्रतिक्रिया नजनाएको स्रोतले बताएको छ । राजदूत नियुक्ति, मन्त्री नियुक्ति एकलौटी गरेको, कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन उक्साएको, पर्साका जिल्ला नेता महेश चौरसियाको हत्यारालाइ पक्राउ गर्न रोकेको लगायतको विषयमा नेकपाभित्र नयाँ विवाद बढ्दै गएको छ। 

    पछिल्लो समय ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट बढाएका थिए । यसबीच प्रचण्डले समेत नेता नेपालसँग भेट गरेका थिए । ओली अझैं सहमतिमा नआउँने संकेत गरिरहेका छन् । यसरी ओली प्रतिकृयाविहीन बनेसँगै नेकपाको विवाद तत्काल साम्य नहुने संकेत देखिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend