बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीविरुद्ध अस्त्र तयार गर्दै प्रचण्ड र नेपाल

ओलीविरुद्ध अस्त्र तयार गर्दै प्रचण्ड र नेपाल

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 7.0K
    SHARES

  • ओलीविरुद्ध अस्त्र तयार गर्दै प्रचण्ड र नेपाल

    काठमाडौं- पार्टीभित्र र सरकारमै एक्लौटी निर्णय गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरीस् अघि बढ्ने भनेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधकुमार नेपाल वार्तामा छन् ।

     शनिबार दिउँसो प्रचण्ड र नेपालबीच खुमलटारमा वार्ता भइरहेको छ ।  कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न नेता नेपाल साढे ११ बजे खुमलटारस्थित उनकै निवास पुगेका थिए ।

    स्रोतका अनुसार नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै आएको भन्दै असन्तुष्ट रहेका दुई नेताबीच अब केकसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

    केहि दिनयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग कार्यकारी अध्यक्ष प्रचण्डको तिक्तता बढेपछि दुई अध्यक्षबीच अहिले भेटघाट समेत भएको छैन।

    स्रोतका अनुसार पार्टी भित्रको गतिरोध अन्त्य गर्ने उपायको खोजिकै विषयमा प्रचण्ड नेपालको छलफल भएको हो। तत्काल सचिवालय बैठक बोलाउने र त्यहीँ नै विषयहरु छलफल गर्नुपर्ने माग उठ्न थालेको बेला प्रचण्डसँग छलफलका लागि नेपाल उनको निवास पुगेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend