आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि

राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 6.2K
    SHARES

  • राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहीबार  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

    बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए ।

    कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

    प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

    नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend