काठमाडौं - नेकपाभित्र देखिएको विवादले पुनः समीकरण फेरबदल भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली एकलौटी ढंगले हिँड्ने छाँटकाँट देखाएपछि नेताहरूबीच समीकरण फेरबदल भएको हो ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीको विपक्षमा मोर्चाबन्दी बनाएर जाने सहमति भएको छ । प्रचण्ड र नेपाललाई पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिने भएका छन् ।
स्रोतका अनुसार गौतमले प्रधानमन्त्री ओलीको साथ छाडेका छन् । प्रचण्ड र ओलीबीच टकराव आउँदा गौतमले अन्तिम समयमा ओलीलाई साथ दिएका थिए । गौतमकै मध्यमार्गी लाइनका कारण ओलीको कुर्सी जोगिएको थियो ।
आफ्नो कुर्सी जोगिएपछि ओली गौतमको निवास भैंसेपाटी गएर आफूले सहयोग गर्ने आश्वासन दिएका थिए । केही समयपछि ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय गरे । तर, गौतमको सांसद पद खारेज गर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।
उनलाई मन्त्रीसमेत बनाउन लागेको हल्लापछि उनीविरुद्ध मुद्दा दायर भएको हो । जुन अहिले संवैधानिक इजालसमा सुनुवाइ भइरहेको छ ।
आफूविरुद्ध मुद्दा हाल्न उक्साउनेमा ओली गुटकै नेताहरूले खेल खेलेको भन्दै गौतमले प्रधानमन्त्रीको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।