काठमाडौँ- नेपाली कांग्रेसका चर्चित नेता गगन थापाले संसद्बाट भागेको वर्तमान सरकारलाई घिचारेर संसदमा फिर्ता ल्याउन पार्टी सभापति शेरबहादुर देउवालाई सल्लाह दिएका छन् ।
नेता थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आह्वान गरेर मात्र कांग्रेसको कर्तव्य पूरा नहुने भन्दै संसद्बाट मात्र ओली सरकारलाई सच्याउन सकिने सुझाव दिएका छन् ।
‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।
संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ,’ थापाले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।