काठमाडौं - राजनीति निकै क्रूर हुन्छ भन्ने उदाहरण नेपालमा बेलाबेला देख्न पाइन्छ । पछिल्लो समय सत्तारुढ नेकपामा हरेक महिना यस्ता दृश्य दोहोरिरहेका हुन्छन् ।
तीन दिनअघि प्रधानमन्त्री केपी ओलीले कसैलाई नसोधी मन्त्रिपरिषद् पुनर्गठन गरे । जसमा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई मन्त्री बनाइयो ।
जसमध्ये सिरहाका लीलानाथ श्रेष्ठलाई मन्त्री बनाइएको विषयलाई लिएर अहिले नेकपामा तीव्र असन्तुष्टि बढेको छ । लीलानाथ तिनै नेता हुन् जसलाई अनेक तिकडम गरेर दोस्रो संविधानसभा निर्वाचनमा पराजित गराइएको थियो, त्यो पनि प्रचण्डसँग । प्रचण्ड माओवादीका उम्मेदवार थिए ।
श्रेष्ठ एमालेबाट थिए । तर, एमालेका उम्मेदवार लीला श्रेष्ठलाई पार्टीको तर्फबाट केही आश्वासन केपी ओलीले दिएर १३–१४ दिन मतगणना स्थगित गरेर केही मौखिक सम्झौता गरेर प्रचण्डलाई जिताइएको बताइएको थियो ।
अहिले प्रचण्ड र श्रेष्ठ एउटै पार्टी नेकपामा छन् । तर, यतिबेला श्रेष्ठलाई किन मन्त्री बनाइयो भनेर प्रचण्डले बुझ्न सकेका छैनन् । प्रचण्डलाई डिमोरलाइज्ड गर्न पनि श्रेष्ठलाई ओलीले मन्त्री बनाएको हुनसक्ने बुझिएको छ ।
उनी सिरहामा निकै लोकप्रिय छन् । काठमाडौंबाट हारिसकेका प्रचण्डलाई जसरी पनि संसद छिराउने योजनामा केपी ओलीले लीला श्रेष्ठलाई तपाईं हार स्वीकार्नुहोस्, प्रचण्डलाई छाडिदिनुस् म यसको क्षतिपूर्ति गरौंला भनेर बचन दिएको चर्चा थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।