आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बाबुरामलाई प्रधानमन्त्री ओलीको काउन्टर, गलत सूचना दिएर जनता भड्काउने ?

बाबुरामलाई प्रधानमन्त्री ओलीको काउन्टर, गलत सूचना दिएर जनता भड्काउने ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 5.0K
    SHARES

  • बाबुरामलाई प्रधानमन्त्री ओलीको काउन्टर, गलत सूचना दिएर जनता भड्काउने ?

     काठमाडौं - बुढीगण्डकी आयोजनामा नौ अर्ब भ्रष्टाचार गरेको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी ओलीले मुख खोलेका छन् ।

    ओलीले बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् । ओलीले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको दाबी गरेका छन् ।

    ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउँछ भनेर टुंगो नै नभएको आयोजनामा यति अर्ब बाँडेर खाए भनेर भन्नु गैरजिम्मेवार कुरा रहेको बताए ।

    ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।’

    पूर्वप्रधानमन्त्री भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब खाएको र त्यसको प्रमाण आफूसँग रहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा कांग्रेसले बाबुरामलाई प्रमाण पेस गर्न चुनौती दिइसकेको छ । तर, उनले प्रमाण देखाउन सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend