काठमाडौं- दस वर्षअघिसम्म पुष्पकमल दाहाल प्रचण्डको जगजगी थियो । त्यही जगजगीकै कारण संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादीले सुविधाजन बहुमत ल्याएर सरकार चलाएको थियो ।
कथित माओवादी जनयुद्धका प्रचण्ड महान नेता थिए । उतिबेला माओवादीको पोस्टरमा उनैको तस्बिर छापिन्थ्यो । त्यो डरलाग्दो पोस्टरले त्यति बेलाका दरबारिया एमाले, राजा, कांग्रेस सबैको सातो जान्थ्यो ।
मान्छेहरु झस्किन्थे । प्रचण्डको विरोध गर्नेको ज्यानसमेत लिने गरेको घटना गणेश चिलवाल दिनदहाडै मारिएकाबाट पनि पुष्टि हुन्छ ।
आफूले चाहेका नेतालाई प्रचण्डले ठूल्ठूला पद दिलाइदिन्थे । माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली सबै प्रचण्डकै मुख्य भूमिकाका कारण प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
प्रचण्डले माओवादीलाई संसारकै ठूलो लडाकू भएको पार्टीसमेत बनाएका थिए । संसारभर उनको व्यापक चर्चा हुन्थ्यो । तर, यो १० वर्षमा प्रचण्ड निरीह बनेका छन् । न उनीसँग पहिलेको लडाकू छ ।
न माओवादी पार्टी नै छ । न ज्यान दिन सक्ने नेता कार्यकर्ता छन् । न पार्टीमा बलियो संगठन छ । तर यतिबेला प्रचण्ड बडो निरीह भए । उनलाई यति निरीह कसले बनायो रु नेकपामा मात्र होइन, अन्य राजनीतिक दलभित्र पनि अहिले यसबारे चर्चा हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।