काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी रुपमा मन्त्रीहरु थपेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो (बुधबार) नै असन्तुष्टी जनाएका थिए ।
यसबीच आज प्रचण्डले नीजि निवासमै आफुनिकट नेताहरुको आकस्मिक भेला गरेका छन् । स्रोतका अनुसार अहिले खुमलटारमा प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री, विवाद मिलाउन गएका आचार्यलगायत नेताहरूसँग ब्रिफिङ लिइरहेका छन् । ब्रिफिङमा माधवकुमार नेपाल पनि उपस्थित छन् ।
ओलीले एक्लौटी रुपमा निर्णय गरेसँगै थप रणनीति बनाउन प्रचण्ड(नेपाल पक्ष खुमलटार भेलामा जुटेको हो । यसले अब ओलीमाथि खतरा निम्तिन सक्ने संकते गराएको छ ।
दुई अध्यक्षले आजै कर्णाली प्रदेशका पदाधिकारीहरूलाई छलफलमा बोलाएका छन् । ओलीसमेतको उपस्थितिमा छलफल हुनुपूर्व नै नेता नेपालले बोलाएर ब्रिफिङ लिएको एक नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।