काठमाडौं- असोज १९ गते स्थगीत भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक तत्काल नबस्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक अब दसैं तिहारपछि मात्रै बस्ने भएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अब दशैँअघि बैठक नबस्ने निश्चित भएृको बताएका हुन् । सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडि सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए ।
दसैं र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताए । विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।