चर्चीत पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन ।
रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण भने देखिएको छैन् ।
रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने सम्भावना रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।