सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमित शिक्षामन्त्रीले हिजो मात्रै प्रधानमन्त्री भेटेका थिए, अब के होला ?

कोरोना संक्रमित शिक्षामन्त्रीले हिजो मात्रै प्रधानमन्त्री भेटेका थिए, अब के होला ?

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 7.6K
    SHARES

  • कोरोना संक्रमित शिक्षामन्त्रीले हिजो मात्रै प्रधानमन्त्री भेटेका थिए, अब के होला ?

    काठमाडौं - आइतबारमात्रै कोरोना संक्रमण पुष्टि भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शनिबारमात्रै वालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको पाइएको छ। अनसनरत डाक्टर गोविन्द केसीको अनसन कसरी तोड्ने भन्ने विषयमा छलफल गर्न मन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

    सरकारी वार्ता टोली र अनसनरत डाक्टर केसीको समूहबीच बिहीबार र शुक्रबार भएको छलफलले निकास दिन नसकेपछि शनिबार प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। उनीसँग सरकारी वार्ताटोलीका संयोजक गोपीनाथ मैनाली पनि गएका थिए। बालुवाटारमै असहज महसुस गरेका मन्त्री पोखरेल त्यहीँबाटै मन्त्री निवास गएका थिए।

    उनले निवासमा पुगेर ज्वोरो कम हुने औषधी खाए पनि औषधीले काम नगरेपछि कोरोनाको संका लागे स्वाब परीक्षण गराएका थिए। पाटनमै बसेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताइएको छ। यो हप्ता मन्त्री पोखरेलले पोखरेल सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, तथा सदस्यहरु स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मासँग निरन्तर संवादमा थिए।

    केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। अन्य धेरै व्यक्ति पनि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend