सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जाजरकोटमा पूर्व गाउँ जनसरकारका प्रमुखसहित नेकपाका ४५ जना कांग्रेसमा प्रवेश

जाजरकोटमा पूर्व गाउँ जनसरकारका प्रमुखसहित नेकपाका ४५ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 7.8K
    SHARES

  • जाजरकोटमा पूर्व गाउँ जनसरकारका प्रमुखसहित नेकपाका ४५ जना कांग्रेसमा प्रवेश

     जाजरकोट – जाजरकोटमा पूर्व गाउँ जनसरकारका प्रमुखसहित नेकपाका ४५ जना कांग्रेसमा प्रवेश गरेका छन्। जाजरकोटको पुन्ममा माओवादका पूर्व गाउँ जनसरकार प्रमुखसहित ४५ जना कांग्रेसमा प्रवेश गरेका हुन्।

    तत्कालीन विद्रोही माओवादीबाट जनसरकार प्रमुख बनेका वीरबहादुर चन्द, वडा प्रमुख तुलाराम पुन, नेकपाका संगठित सदस्यहरु नरबहादुर थापा, कालीबहादुर वली, गोपाल परियार, शशु कामीलगायत ४५ जना नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन्।

    नेपाली कांग्रेस भेरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यसमितिले शनिबार आयोजना गरेको कायक्रममा कांग्रेस प्रवेश गर्ने सबैलाई सदस्यता प्रदान गरिएको छ।

    काँग्रेसका नेताहरु राजिब विक्रम शाह, सनतकुमार कार्की, बेदराज सिंह, तेजविक्रम शाह, हरिचन्द्र बस्नेत, इलमबहादुर शाही, कमल चन्द लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

    समाज परिवर्तनको मुद्दा बोकेर जनयुद्धमा होमिए पनि प्रचण्डलगायतले जनताको योगदान बिर्सेकोले लोकतन्त्र रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन्।

    ‘सबै कुरा बुझियो । कम्युनिष्टहरु एउटा बोल्ने, ब्यवहारमा अर्कै गर्ने भएकाले नेकपा छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छौँ,’ पूर्व गाउँ जनसरकार प्रमुख वीरबहादुर चन्दले भने।

    नेपालका कम्युनिष्टहरुले झुटको राजनीति गरेकोले देशका लागि कांग्रेस नै उपयुक्त पार्टी रहेको उनी बताउँछन्। ‘झुटको राजनिति धेरै दिन टिक्न नसक्ने भन्दै नेता चन्दले नेपालका कम्युनिष्टमा सत्ता उन्माद चढेको र हाल पतनको दिशा तर्फ उन्मुख भैरहेको छ,’ चन्द भन्छन्।

    प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व सभासद एवं काँग्रेस नेता राजिव विक्रम शाहले भने ‘नेपाली काँग्रेस मात्र त्यस्तो पार्टी हो । जसले जे गर्छ त्यही मात्र भन्छ । जनतालाई झुटा आश्वासन बाँड्दैन ।

    तपाईहरुले कम्युनिष्टको शासन देखिरहनु भएको छ । भोगिरहनु भएको छ । स्थानिय तह देखि केन्द्र सरकारसम्म चरम लुटतन्त्र चलिरहेको छ।’ अब कांग्रेसहरु एक भएर नेकपाको भ्रष्टाचारी र जनता लुट्ने शाशनको अन्त्य गर्न उनले जनतालाई आह्वान पनि गरे।

    नेपाली काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्कीले कम्युनिष्टहरुको सत्ता उन्माद र लुटतन्त्र देखि आजित भएर काँग्रेस प्रवेश गर्ने लहर नै चलेको बताए ।

    अर्का नेता बेदराज सिंहले कम्युनिष्टलाई सिध्याउन कम्युनिष्ट नै लागि परेको बताउँदै सवै नागरिकका चाहना, भावना बुझेर सोही अनुसार ब्यवहार गर्ने एक मात्र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७१२:३५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend