सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महासचिव पौडेलको साथमा ओली-प्रचण्डबीच बालुवाटारमा खलबल, के हाे कुरा ?

महासचिव पौडेलको साथमा ओली-प्रचण्डबीच बालुवाटारमा खलबल, के हाे कुरा ?

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 6.4K
    SHARES

  • महासचिव पौडेलको साथमा ओली-प्रचण्डबीच बालुवाटारमा खलबल, के हाे कुरा ?

    काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि मन्त्रिपरिषद् पुर्नगठनको विषयमा सहमति हुन सकेको छैन् ।

    नेकपा महासचिव विष्णु पौडेलको समेत सहभागितामा बालुवाटारमा आज भएको छलफलमा सहमति हुन नसकेपछि दुवै अध्यक्षबीच खलबल भएको हो ।

    प्रधानमन्त्री ओलीले रिक्त पदपूर्ति गर्दै केही थप गर्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल स्थायी कमिटीको निर्णयअनुसार अपवादबाहेक सबै मन्त्रीहरु हेरफेर गर्नुपर्ने पक्षमा छन्।  

    पार्टी एकताको बाँकी कामलाई पूर्णता दिनेबारे करिब ३ घण्टाभन्दा बढी भएको छलफलमा सहमति हुन सकेकाे छैन् ।

    असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय र पार्टी महासचिव पौडेललाई पार्टी एकताको बाँकी कामको कार्ययोजना बनाउने जिम्मा दिएको थियो। 

    सचिवालयले १० दिनेको समय दिइएको भए पनि अहिलेसम्म बनाउन सकेका छैनन्।  

    भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतालाई पूर्णता दिने निर्णय गरेको थियो। भेटवार्ताको क्रममा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल भएको बुझिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend