काठमाडौं - भारतको बंगालको खाडीमा पानी पानी पर्ने चक्रवात विकास भइरहेको छ। उक्त बादल भारतको उत्तराखण्ड आइपुगेपछि नेपालमा ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात्) विकास हुने क्रममा रहेको हो। ‘यो चक्रवात् बनेर नेपालतिर आयो भने प्रदेश १ देखि ४ सम्मै पानी पार्ने सम्भावना छ ।
उनका अनुसार चक्रवात् विकास भयो र त्यसको असर नेपालमा पर्यो भने यही अक्टोबर ११÷१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो। नेपालबाट अझै मनसुन नबाहिरिएकाले उक्त चक्रबात नेपाल आउने सम्भावना अझै बढि छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।