काठमाडौं- बुधबारदेखि वर्षा केही कम भए पनि बाढीपहिरोको जोखिम भने उस्तै रहेको मौसमविद्ले बताएका छन्। अघिल्लो हप्ताको तुलनामा अरू तीन दिन वर्षा केही कम हुने मौसमविद्ले बताएका छन् ।
अबका तीन दिन लगातार वर्षा नभएर कहिले रोकिने, घाम पनि लाग्ने मौसमविदु्ले बताएका छन् । हाल पनि गण्डकी, बागमती र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ।
त्यस्तै आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।