सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आइसोलेसनका रहेका बेला पनि गगन थापा विरुद्ध भ्रामक प्रचार

आइसोलेसनका रहेका बेला पनि गगन थापा विरुद्ध भ्रामक प्रचार

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 7.4K
    SHARES

  • आइसोलेसनका रहेका बेला पनि गगन थापा विरुद्ध भ्रामक प्रचार

     काठमाडौँ - कोरोनाभाइरसबाट सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बेलामा पनि नेकपाका कार्यकर्ताहरुले काँग्रेस नेता गगन थापाविरुद्धको भ्रामक प्रचार आक्रमण जारी राखेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका थापा सवैभन्दा प्रभावशाली प्रतिपक्षी सांसद रहेकाले सत्तापक्षीय कार्यकर्ताहरुले उनका विरुद्धमा नियोजित तरिकाले भ्रामक प्रचार प्रसार गर्दै आइरहेका छन् ।

    पछिल्लो समय सामान्य मानवीय संवेदना समेत कुल्चेर नेकपाका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक माथी भएको आक्रमणको विषयलाई जोडेर थापाका विरुद्धमा प्रचार गरिरहेको पाइएको छ । यही असोज २० गते त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथी किर्तिपुरस्थीत केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो ।

    सो आक्रमण नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले गरेको आरोप लगाइएको छ । आक्रमण भएको भोलीपल्ट नै काँग्रेस नेता थापाले नेविसंघकै कार्यकर्ताले गरेको भएपनि हिंसात्मक आक्रमणको खरो आलोचना गर्दै दोषीलाई कारबाही गर्न माग गरेका थिए। उनले सामाजिक सञ्जालहरुमा लेखेका छन्, “त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथी भएको आक्रमणको जति निन्दा गरेपनि पुग्दैन ।”

    उनले आक्रमण जुनसुकै बाहनामा जुनसुकै राजनीतिक आस्था वा झण्डा बोक्नेले गरेको भएपनि उनीहरुलाई तत्काल कारबाही गर्न माग पनि गरेका छन् । नेता थापाले घटनामा जोसुकै सम्लग्न भएपनि उनीहरुलाई कारबाही गर्नुपर्ने माग गरिसकेको अवस्थामा पनि नेकपाका केही कार्यकर्ताहरुले भने घटनामा थापालाई जबरजस्त जोडेर हल्ला चलाएका छन् ।

    कतिसम्म गरीएको पाईएको छ भने आक्रमणकारीहरुले प्रयोग गरेको मोटरसाइकलको ब्लुबुकमा बिरगंजका मानष कोइराला उल्लेख गरिएको भएपनि नेकपाका कार्यकर्ताहरुले अनुराधा कोइरालाका छोरा मनिष कोइराला भन्दै प्रचार गरिरहेको पाइएको छ। नेता थापाकाबिरुद्द नेकपा निकट ब्यक्तीहरु कुन हदसम्म जान्छन भन्नेकुरा यो घटनालेनै पुष्टि गर्छ ।

    पीडित मनिष कोइरालाले आफ्ना विरुद्धमा गलत प्रचार गरिएको भन्दै आपत्ति प्रकट गर्दै गलत प्रचार गर्नेहरुका विरुद्धमा उजुरी गर्न लागेको बताएका छन् । उनले अर्काको नाम आफु विरुद्धमा जोडेर नियोजित रुपमा गतल प्रचार गर्दा आफ्नो मानप्रतिष्ठामा अपुरणीय क्षती भएको भन्दै भ्रममा नपर्न पनि भनेका छन्। थापाका विरुद्धमा नियोजित रुपमा निरन्तर भइरहेको भ्रामक प्रचारको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरु नै संलग्न भएको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend