काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका ढोका एक साताका लागि बन्द गरिएको छ ।
ललितपुरको खुमलटारस्थित निवासमा सर्वसाधारणलाई भेटघाटमा रोक लगाइएको छ । कोरोना भाइरसले महामारी रूप लिँदै गएपछि पार्टी कार्यकर्ता र शुभेच्छुकका लागि प्रचण्ड निवासको ढोका केही दिनका लागि बन्द गरिएको हो ।
स्रोतका अनुसार प्रचण्ड निवासभित्र रहेका सहयोगी तथा सुरक्षाकर्मीहरुलाई बाहिर जान दिइएको पनि छैन भने बाहिर रहेका कसैलाई भित्र जाने अनुमति दिइएको छैन ।
काठमाडौं उपत्यकामा दैनिक रूपमा कोरोना संक्रमण फैलिँदै गएको र प्रधानमन्त्री निवास बालुवाटारमा ७० जनाभन्दा बढी संक्रमित भएपछि प्रचण्ड निवासमा उच्च सतर्कता अपनाइएको हो । अत्यावश्यकका उच्च भेटघाटबाहेक अरुमा रोक लगाइएको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।