काठमाडौं - प्रदेश ५ का कानुन मन्त्रीले संसदको रोष्टमबाटै कांग्रेसका सांसदहरुलाई घिसारेर निकालीहाल् भनेको घटनाप्रति कांग्रेसका संघीय सांसद गगन थापाले आपत्ति जनाएका छन्। उनले कांग्रेसका सांसदले पनि उश्रृंखलता प्रस्तुत गरेको उल्लेख गर्दै नेकपा मन्त्रीको अभिव्यक्तिप्रति मौन रहेको भन्दै आपत्ति जनाएका हुन्।
थापाले ट्वीटरमा लेखेर नेकपाको मौनताले नेकपा अझै खराब नै रहेको पनि बताएका छन्। ‘नेकपाको मौन सहमतिले बताउँछ। नेकपा, संसद कार्यपालिकाको वशीभूत हुने कुरा संघमा जस्तै प्रदेशमा पनि स्थापना गर्न चाहन्छ। आचरण बदल्न सकिन्छ, तर नियत नै खराब भएपछि त्यति सजिलै बदलिँदैन, मिहेनत गर्नुपर्छ। यसलाई गम्भीरता पूर्वक लिऔं,’ उनले भनेका छन्।
कांग्रेसका सांसदले घटाएको घटनाहरु नदोहोराउन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्न कांग्रेस सचेत रहेको उनको भनाई छ।
‘यस किसिमका घटनाहरू नदोहोराउन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहनेछ। तर हिजोको बैठकमा कानुन मन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपा पंक्ति बाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय हो’ उनले लेखेका छन्, ‘व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेश मा पनि सर्यो।प्रदेश नं। ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।