काठमाडौं - नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संत्रमण पुष्टि भएको हो।
‘बुवा आमालाई कोरोना पुष्टि भएको छ,’ थापाले मिडिया डबलीसँग् कुरा गर्दै भने, ‘हामी सबै अहिले घरमा छौँ।’ थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन। थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।