काठमाडौं- नेपाली कांगे्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई सत्याग्रही डा.गोविन्द केसीको माग पूरा गराउन आग्रह गरेका छन् ।
उनले केसीको सत्याग्रहलाई बेवास्ता नगर्न र वार्ता नै गर्दिन भनेर हठ नराख्न आग्रह गरेका छन् । २२औं दिनसम्म आमरण अनसन बस्दा पनि केसीको मागबारे सरकारले कुनै चासो नराखेको भन्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापाले यदि अनसनकै क्रममा केसीको ज्यान तल–माथि भए त्यसको सम्पूर्ण दोषी प्रधानमन्त्री ओली नै हुने चेतावनी दिएका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने ? गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ? तपाई आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?
डा.केसीसँग संवाद नै गर्दिन भन्ने तपाईको हठले के तपाईको मान बढाउँछ ? पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।
तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईले चुकाउनु पर्नेछ। प्रमज्यू ,ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शतप्रतिशत दोषी तपाई हो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।