सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गगन थापाको प्रश्न : राजदूत पाण्डेको धारणा सरकारको होकि होइन् ?

गगन थापाको प्रश्न : राजदूत पाण्डेको धारणा सरकारको होकि होइन् ?

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 7.5K
    SHARES

  • गगन थापाको प्रश्न : राजदूत पाण्डेको धारणा सरकारको होकि होइन् ?

    काठमाडौं - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चीनका लागि नेपाली राजदूतले दिएको पछिल्लो अभिव्यक्ति नै सरकारको आधिकारीक धारणा होकि होइन भनेर परराष्ट्रमन्त्रालयलाई प्रश्न गरेका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका राजदुत महेन्द्र पाण्डेको नाम नलिई कांग्रेस नेता थापाले चिनियाँ राजदुतले दिएको अभिव्यक्ति सरकारको धारणा हो वा होइन भनी सरकारलाई नै सोधेका हुन्।

    राजदूत पाण्डेले चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्समा दिएको गैर कुटनीतिक अभिव्यक्तिको राजनीतिक र कुटनीतिक वृत्तमा अहिले चौतर्फी आलोचना भइरहेको छ। पूर्व मन्त्रीसमेत रहेका गगन थापाले राजदूतले दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिक मर्यादा विपरित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसाँ राजदूत पाण्डेको यो अभिव्यक्ति सरकारको धारणा हो हैन जवाफ मागेका छन्।

    नेता थापाले अन्तराष्ट्रि सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी अवांछनीय रहेको बताए। ‘यतिखेर भारत–चीन, नेपाल–भारत र नेपाल–चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ । यो समयमा राजदुत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ’ थापाले ट्वीटरमा लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend