काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नकै लागि प्रधानमन्त्रीले क्याबिनेट बोलाएका अनुमान गरिएको छ ।
केही दिनदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रीहरू हेरफेरबारे छलफल चलिरहेको छ । तर, शनिबार रातिसम्म कुनै ठोस निर्णय भइसकेको छैन ।
प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल सबै मन्त्री हटाउनुपर्ने पक्षमा छन् । तर, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने केही मन्त्रीलाई हटाउने पक्षमा छन् ।
सबै मन्त्री हटाउँदा आफ्नी बुहारी खानेपानी मन्त्री बिना मगरको पल गुम्ने प्रचण्डलाई डर छ । सोही कारण उनले सबै मन्त्री नहटाउने अडान राखेका छन् ।
प्रधानमन्त्री ओली कुनै पनि हालतमा बिना मगरलाई हटाउने मनस्थितिमा छन् । खानेपानी मन्त्रालयमा धेरै भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।