बझाङ- बझाङको मस्टा गाउँपालिका वडानं २ बस्ने १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्या भएको छ ।
पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका सम्झना कामीको बलात्कार पछि हत्या भएको मा दलित बिद्यार्थी संघका केन्द्रीय सदस्य कृष्ण बि क ले सरोकारवाला निकायलाई आफ्नो फेसबुक वालमा लेख्दै ध्यानाकर्षण गराएका छन् ।
हिजो (बुधबार) अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा शव फेला परेको हो ।
शरीरभरि निलडाम र नग्न शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिएका छन् । बलात्कारीले बालिकाकाे कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको छ।
बलात्कार आरोपमा सोहि मस्टा गाउँपालिका कै एक १८ बर्षिया युवालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ
बालिकाका बुबाआमा भने रोजगारीका लागि भारतमा छन् । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।