काठमाडौं - पोखरामा कोरोना संक्रमित महिलाले सल्यक्रिया बच्चा जन्माएकी छन्। भारतीय मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार शल्यक्रिया मार्फत बच्चा जन्माएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।
अूपतालको प्रसुती वार्डमा असोज ५ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा ६ गते संक्रमण पुष्टि भएको थियो। संक्रमित गर्भवतीलाई कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको आचार्यले मिडिया डबलीलाई जानकारी दिए।
यस अघि सुत्केरी महिलालाई कोरोना देखिएपनि गर्भवती अवस्थामै कोरोना संक्रमण भएर बच्च जनाउने उनी त्यहाँकी पहिलाे संक्रमित हुन्।बच्चालाई आइसीयूमा राखिएको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।