काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । याे देशभर थपिएका कुल संक्रमितकाे झण्डै आधा हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यका संक्रमित बढ्दै गएको अवस्था छ । पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ५३ पुगेको छ । याे संख्या २४ घण्टामा ज्यान गुमाउने हालसम्मकै धेरै हाे ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
यसअघि हिजो ७ जनाको मृत्यु भएको थियो । हिजोको तुलनामा मृतकक संख्या बढेकाे छ ।
हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।
यसबीच सक्रिय संक्रमित पनि बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयले हिजो २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्न सिफारिस गरेको थियो ।
पछिल्लो अवस्था हेर्दा यसरी संक्रमण बढ्दै जाने हो भने लकडाउन हुने सम्भावना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।