काठमाडौं - सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको थप जिम्मेवारी नदिन आदेश सुनाएपछि अब उनको सांसद बन्ने यात्रामा यो कार्यकालका लागि पूर्णविराम लाग्ने हो कि भन्ने संकेत देखिएको छ ।
असोज १४ गतेसम्म वामदेवलाई राष्ट्रिय सभा सदस्यको थप जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश आएपछि तत्कालका लागि उनको मन्त्री बन्ने सपनामा तुषरापात भएको छ ।
यदि संवैधानिक इजलासले उनलाई सांसद बन्नसमेत अयोग्य घोषणा गरेमा स्थिति के होला ? यसै भन्न सकिने अवस्था छैन । वामदेव नेपालको राजनीतिमा अति चलायमान पात्र हुन् । उनी कहिल्यै शान्त भएर बसेको इतिहास छैन ।
त्यसैले उनलाई अस्थिर राजनीतिक पात्र भनिएको हो । यदि आफूलाई अन्तर्घात गरी सांसद बन्न अयोग्य आदेश आएमा नेकपाभित्र उनले ठूलै रडाको मच्चाउने निश्चित छ । यसै पनि अहिले नेकपाभित्रको किचलो उनले नै मत्थर पारेका हुन् ।
वामदेवको उचुकउचुक संवैधानिक रूपमा परास्त गर्न प्रधानमन्त्री केपी ओली सफल हुने संकेत देखिएको छ । वामदेव सांसद त भइसकेका थिए । अब मन्त्री बन्ने दौडमा थिए । ठूलै दबाब दिएर उनी मन्त्री बन्दा आफूलाई काम गर्न सहज नहुने ओलीको अनुमान थियो ।
त्यही भएर अदालतमा मुद्दा हाल्न लगाएर आफूलाई सांसद बन्नबाट वञ्चित गर्न खोजेको वामदेवको बुझाई छ । यदि संवैधानिक इजालसले वामदेवलाई सांसद बन्न अयोग्य घोषणा गरेमा फेरि पनि डा.युवराज खतिवडाको भाग्य चम्किने विश्लेषण गर्न थालिएको छ ।
अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै उनलाई प्रधानमन्त्रीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएर राखेका छन् । यदि वामदेवको सांसद पद खुस्किए फेरि खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाएर अर्थमन्त्री नियुक्ति गर्ने ओलीको तयारी रहेको स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।