सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो, सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो, सडक अवरुद्ध

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 3.4K
    SHARES

  • नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो, सडक अवरुद्ध
    फाइल तस्बिर

    काठमाडौं - नारायणगढ मुग्लिन सडक खण्डको चारकिलोमा पहिरो खसेको छ। पहिरो खसेसँगै सडक पनि अबरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा गएराती पहिरो खसेको हो।

    जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चारकिलोमा लेदोसहितको पहिरो खसेकोले बाटो अबरुद्ध भएको हो। त्यहाँ बुधबार दिउँसो ४ः३० बजे पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सुचारु भएको थियो।

    त्यस्तै पृथ्वी राजमार्गको नारायणगढ नौबीसे सडक खण्ड अन्तरगत कुरीनटारको पहिरो पन्छाएर बुधबार राती नै सडक एकतर्फी सञ्चालन भइसकेको छ। केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०८:२७:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend