काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण भारतमा एक मन्त्रीको मृत्यू भएको छ। बुभबार भारतको केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको हो। ६५ वषएका उनलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरे पनि उनी बाँच्न सकेनन्। उनी बेगगामबाट लोकसभा सदस्य थिए। उनको बुधबार राती अन्त्यष्टि गरिएको छ। बेलगामबाट उनी २००४, २०१४ र २०१९ मा लोकसभा सदस्य चुनिएका व्यक्ति थिए।
उनले आफू कोरोना संक्रमित भएको र नआत्तिन सबैलाई ट्वीटर मार्फत आह्वान गरेका थिए। उनको मृत्यू पछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेको छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।