धनुषा- प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । आज प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताए ।
झाले आज थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ ÷ १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।
उनले आज कोरोना भाइरसका कारण प्रदेश नं २ मा सिरहाको औरही गाँउपालिका वडा नं ३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताए । योसँगै प्रदेश २मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।