काठमाडौं । सत्तारुढ दल नेकपामा दल नेकपामा मन्त्री हेरफेरको कुरा चलिरहेको छ। दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हेरफेर गर्ने सहमति भएकैले नेकपामा अहिले विवाद केही मत्थर भएको हो। करिब ७ देखि १० जना मन्त्री हेरफेर हुने बताइएको छ।
नेकपाको पार्टी एकताको काम पनि त सकिएको छैन। अबको १० दिनमा पार्टी एकताको काम सक्ने निर्णय भएको छ। सोही कारणले अब दशैँ अघि मन्त्री मण्डल हेरफेर हुने सम्भावना छैन। अब मन्त्रिमण्डल दशैँ पछि हुने नेताहरुले बताए। दशैँ अघि मन्त्रिमण्डल हेरेफेर हुने सम्भावना न्यून रहेको प्रचण्ड निकट स्रोत बताउँछ।
पार्टी एकताको लागि १० दिन समय र दशैँ नजिक आइसकेकोले मन्त्रिमण्डलको विषयमा यो बीचमा छलफल हुने छै। नेकपाले उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिमण्डलमा लैजाने तयारी गरेको छ। तर, वामदेव विरुद्ध सर्वाेच्चमा रिट परेको छ त्यस उपर आज पेसी तोकीएको छ।
गौतम र श्रेष्ठ दुवै प्रतिनिधिसभाको यही कार्यकालमा चुनाव हारेका हरुवा हुन्। गौतम बर्दियामा नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग र श्रेष्ठ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएका हुन्। सर्वाेच्चको मुद्धाले बामदेव गौतमलाई मन्त्री हुने सपनामा तुसरापात ल्याइदिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।