सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डा. केसीमाथिको दुव्र्यवहार क्रूरताको पराकाष्टा : गगन थापा

डा. केसीमाथिको दुव्र्यवहार क्रूरताको पराकाष्टा : गगन थापा

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 5.3K
    SHARES

  • डा. केसीमाथिको दुव्र्यवहार क्रूरताको पराकाष्टा : गगन थापा

    काठमाडौं- नेपाली कांग्रेस युवा नेता गगनकुमार थापाले अनसनरत डा गोविन्द केसीमाथि सरकारले गरेको दुव्र्यवहार क्रूरताको पराकाष्टा भएको बताएका छन्।

    मंगलबार काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज जान नदिई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको थिए। 

    यो घटना डा. केसीको इच्छाविपरित भएको थियो । नेता थापाले सत्याग्रहीलाई ईच्छा विपरीत छुन पनि नपाइने प्रचलन भए पनि अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको बताएका छन्। 

    उनले यस्तो प्रकारको व्यवहार क्रूर तानशाहले मात्रै गर्न सक्ने बताएका छन्। सत्याग्रहीमाथि दुव्र्यवहार गरेर सरकारले आफ्नो पतनको बाटो आफै खनेको भन्दै गगन थापाले कडा आलोचना गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend