काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमको टेन्सन अझै हटिसकेको छैन ।
विभिन्न दाउपेच गरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुन सफल भएका गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार निवेदन पेस गरेका हुन् । तर, सो निवेदन दर्ता भने भइसकेको छैन ।
अधिवक्ता त्रिपाठीले आज सर्वोच्चले रिट दर्ता गर्न सक्ने जानकारी गराएका छन् । तर, सर्वोच्चले बलियो कानुनी आधार नदेखे रिट दर्ता नगर्न पनि सक्छ ।
त्रिपाठीले पेस गरेको निवेदनमा तत्काल राष्ट्रिय सभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।