सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्रीज्यु दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो : गगन

प्रधानमन्त्रीज्यु दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो : गगन

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 6.2K
    SHARES

  • प्रधानमन्त्रीज्यु  दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो : गगन

    काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमनको निन्दा गरेका छन्। उनले यसरी भइरहेका दमन प्रहरीको आकस्मिक प्रतिक्रिया नभएर सरकारी रवैया भएको बताएका हुन्।

    शनिबार ट्विट गर्दै उनले भनेका छन, ‘शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमन ड्युटीमा रहेका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन, विमति राख्नेलाई सर्ताउने सरकारी रवैया हो।

    सरकारको यस्तो रवैयाप्रति आपत्ति जनाउँदै नेता थापाले यस्तो दमनले जनआवाज बन्द नहुने बताएका छन्। नेपाल प्रहरी र प्रधानमन्त्रीलाई मेन्सेन गर्दै उनले ट्विटमा भनेका छन्, ‘प्रधानमन्त्रीज्यू स्मरण होस्, दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो।’

    यतिबेला कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकायरी अधिकृतको रुपमा दोहोर्याउनुपर्ने लगायतका विषयमा सडक आन्दोलन भइरहेका छन्। शुक्रबार र आज (शनिबार) भएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

    gagan.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend