काठमाडौं - प्रतिनिधिसभामा पराजित भए पनि विभिन्न दाउपेच गरेर राष्ट्रिय सभा सदस्य मनोनीत बन्न सफल नेकपा उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्ने लाइनमा छन् । उनले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गर्ने उनी निकट नेताहरूले बताउन थालेका छन् ।
प्रधानमन्त्री केपी ओली अझै पनि वामदेवलाई मन्त्री बनाउने पक्षमा छैनन् । त्यही भएर बिहीबार नै उनले आफू निकट नेता सुवासचन्द्र नेम्बाङमार्फत प्रतिनिधिसभामा हारेका व्यक्ति मन्त्री बन्न नपाउने धारणा बाहिर ल्याएका हुन् ।
ओलीको यो रणनीतिलाई प्रचण्ड पक्षले गम्भीरतापूर्वक लिएको छ । त्यही भएर कुनै पनि हालतमा वामदेवलाई मन्त्री बनाएरै छाड्ने अभियानमा प्रचण्ड समूह छ ।
तर, प्रधानमन्त्री ओलीले भने मन्त्री बनाउनै परे अर्थबाहेक अरु मन्त्रालय दिने मनस्थिति बनाएका छन् । यदि मन्त्री बन्ने हठ वामदेवले नछाडे उनको मन्त्री पद विवादमा पार्ने रणनीति पनि ओली समूहको छ ।
बामदेव गौतमलाई नेपालको संविधानको धारा ७८ ९४० मन्त्री बन्न बाधक भएको छ । संविधानको धारा ७८ ९४० ले प्रतिनिधसभा सदस्यमा पराजित भएको व्यक्ति संसदको त्यो कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै, संविधानको धारा ७६ ९९० ले संघीय संसदको सदस्य भएको व्यक्ति मन्त्री बन्न योग्य हुने व्यवस्था पनि गरेको छ । गौतमले बिहीबारै राष्ट्रिय सभा सदस्यको सपथ लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।