शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको वास्तविक चरित्र : हनुमानलाई काखा, कुलमानलाई पाखा

ओलीको वास्तविक चरित्र : हनुमानलाई काखा, कुलमानलाई पाखा

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 15.9K
    SHARES

  • ओलीको वास्तविक चरित्र : हनुमानलाई काखा, कुलमानलाई पाखा

     काठमाडौं - प्रधानमन्त्री केपी ओलीले एक साता नबित्दै पार्टी निर्णय उल्लंघन गरेका छन् । एक साताअघि सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति पार्टी निर्णयका आधारमा गर्ने सहमति भएको थियो ।

    तर, प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह नै नगरी डा.युवराज खतिवडालाई आफ्नो विशेष राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले जतिसुकै दाबी गरे पनि राजनीतिक नियुक्तिमा दोहोरो चरित्र देखाएका छन् । आफ्नो प्रशस्ति गाउनेलाई नियुक्ति गर्ने तर जसले देश र जनताका लागि काम गरेका छन् उसलाई पाखा लगाउने काम गरेका छन् ।

    यतिबेला नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको छ । उनकै कारण कुलमानको बहिर्गमन भएको समाचार आइसकेको छ ।

    कुलमानलाई नियुक्ति गर्न कानुन बाधक बनेको भन्दै प्रचार गरिए पनि वास्तविकता अर्कै छ । ओलीले आफ्नो कार्यकर्ता गुरु भट्टराईलाई विना प्रतिस्पर्धा रेल्वे विभागको महाप्रबन्धक नियुक्ति दिएका छन् ।

    भट्टरार्ई केही समयदेखि ओलीको प्रशस्ति गाउने पूर्वएमाले कार्यकर्ता हुन् । आफ्ना हनुमान कार्यकर्तालाई नियुक्ति दिँदा कानुनको धज्जी उडाउने तर अरुलाई नियुक्ति दिँदा कानुनसम्मत, प्रतिस्पर्धा गर्नुपर्ने भनेर दोहोरो मापदण्ड अपनाइएको छ ।

    भट्टराईले रेल्वे विभागको महाप्रबन्धक हुनेवित्तिकै ३३ अर्बको भ्रष्टाचार हुनै लागेको थियो । तर, मिडियाले चाँडै यथार्थ बाहिर ल्याइदिएपछि भट्टराई जोगिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend