काठमाडौं- निवर्तनमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको हो ।
केही दिनअघि कार्यकाल सकिएका खतिवडा अर्थमन्त्रालयबाट बिदा भएका थिए । उनी बिदा भएपछि प्रधानमन्त्री ओलीले नै सुचना प्रविधि तथा अर्थमन्त्रालय हेर्दै आएका थिए ।
अब, मन्त्री सरहको सुविधा दिए प्रधानमन्त्रीका विशेष सल्लाहकारमा डा. खतिवडा नियुक्त हुने भनेको ओलीले अर्थमन्त्रालय हेर्ने जिम्मेवारीमा फर्काएका हुन् । डा खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल पनि गत भदौ २० गते सकिएको थियो ।
उनलाई राष्ट्रिय सभा सांसद नियुक्त गरी अर्थमन्त्रीको रुपमा पनि निरन्तरता दिने प्रधानमन्त्रीको प्रयास असफल भएपछि खतिवडा मन्त्रालयबाट बिदा भएका थिए।
संविधानको व्यवस्थाअनुसार मन्त्री बन्नका लागि संसद सदस्य हुनैपर्ने र नभएमा मन्त्री बनेको छ महिनाभित्र सांसद बन्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनी मन्त्री पदमा रहिरहनबाट बन्चित भएका थिए। अहिले राष्ट्रियसभा सदस्यमा नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई नियुक्त गर्ने नेकपाले निर्णय गरिसकेको छ ।
नेकपा सचिवालयले भने खतिवडाकाे बिदा गर्न पहिलेदेखिनै तयारी गर्दै आएकाे थियाे । यसबीच प्रधानमन्त्रीले फेरि खतिवडालाई अर्थमन्त्रालयमा तान्दा नेकपा सचिवालयमा तनाबकाे स्थिती सिर्जना हुनसक्ने देखिएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।