काठमाडौं - चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ओली सरकारलाई आग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत ओली सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
उनले एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा निर्णय गरोस् भन्दै आग्रह गरेका छन् ।
उनले लेखेका छन्, एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ। तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचित हुने निश्चीत देखिन्छ।
आमजनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन्। लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।
अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनुहोला त्यो पनि भन्देको छु मैले...।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।