काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको राहत, उद्धार तथा नेपाल फिर्ता ल्याउने विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत भिडियोसेयर गर्दै नेता थापाले सरकारलाई विदेशमा रहेका नेपालीहरुप्रति गम्भीर हुन आग्रह गरेका हुन् ।
नेता थापाले भनेका छन्, “श्रमिकहरुले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो छ । यही भएरनै हो, श्रमिकहरुको आक्रोश चुलिएको । यही भएरनै हो अनेकन देशहरुमा श्रमिकहरुको आक्रोश सडकमा पोखिन थालेको । सरकारले श्रमिकहरुको यस्तो मनोदशा बुझेर, आप्mना गल्तीहरु सच्याएर, नयाँ ढंगले काम गर्न प्रारम्भ गर्दछ भने स्थिति नियन्त्रणमा आउन सक्दछ,” ।
विदेशमा अलपत्र रहेका नेपालीहरुको नेपालफिर्तीका लागि क्लयाणकारी कोषको पैँसा समेत खर्च नगरेको र आफ्नै चर्काे भाडातिरेर समेत नेपाल ल्याउन सरकारले सहयोग नगरिदिएकोमा थापाले गम्भीर आपत्ति व्यक्त गरेका छन् । उनले भने छन् जसको पसनाले देश चलेको छ उनीहरुलाई निशुल्क नेपाल ल्याउनुको सट्टा नेपाल ल्याउन नै सरकार गम्भीर नभएकोमा घोर आपत्ति जनाएका छन् ।
त्यस्तै उनले भनेछन्, “होइन भने स्थिति हातभन्दा बाहिर जान्छ । यस्तो अवस्था नओस् भन्ने हामी चाहन्छौं । त्यसैले श्रमिकहरुको राहत, उद्धार तथा उनीहरुको घरफिर्तीका सम्बन्धमा केही विषयहरुमा गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
यस्तै नेता थापाले भिडियोमाथि लेखेका छन्, “प्रधानमन्त्रीज्यू नेपाल वायु सेवा निगमकै अहिले उडानको भाडा, कोरोना संक्रमणको अवस्थाभन्दा पहिलाको भाडाको त कुरै छाडौं, निगमकै चार्टर फ्लाइटको भाडाभन्दा अचाक्ली बढी १ विदेशमा रहेका श्रमिक संकटमा हुँदा सरकारले सम्भव भएसम्म सहयोग गर्नुपर्नेमा उल्टो झन सास्ती ?,” उनले प्रश्न गरेका छन् ।
नेता थापाले विदेशमा रहेका नेपालीहरुलाई सजिलै घर फर्किने व्यवस्था तत्कालन मिलाउन आग्रह गरेका छन् । र अलपत्रमा परेकाहरुलाई कल्याणकारी कोषको पैँसा प्रयोग गरेर उच्च जोखिममा परेकाहरुका लागि व्यवस्था गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।