काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण पर्न गएको संकट व्यवस्थापनका लागि स्वास्थ्य संसदीय समिति गठन गर्न सांसदहरुले आग्रह गरेका छन् ।
शुक्रबार सांसदहरुले सिंहदरबार पुगेर माहामारीका कारण उत्पन्न हुनसक्ने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समितिको गठन गर्नुपर्ने माग राख्दै सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन जानेमा गगन थापा, भीमसेन दास प्रधान, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ, शशि श्रेष्ठलगायत थिए । यो विषयमा सभामुख सकरात्मक रहेको सहभागी सांसदहरुले बताएका छन् ।
कोरोना भाइरसको माहामारीका कारण भएको निषेधाज्ञा कारण दैनिक ज्यालादारीमा मजदूरी गर्ने श्रमिक, उद्योगधन्दा, शैक्षिक संस्था, आम उपभोक्ता वर्ग तथा कोरोना नियन्त्रण र रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत समस्यामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘हालको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्नेगरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्नेगरी सरकारलाई राय सुझाब दिन संसदीय समिति गठन गर्न पहल गर्नुपर्नेछ,’ समिति बनाउने विषयमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।