आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतमलाई सांसद बनाउने निर्णय भाका सर्दै, हात लाग्यो शून्य हुने खतरा !

वामदेव गौतमलाई सांसद बनाउने निर्णय भाका सर्दै, हात लाग्यो शून्य हुने खतरा !

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 4.9K
    SHARES

  • वामदेव गौतमलाई सांसद बनाउने निर्णय भाका सर्दै, हात लाग्यो शून्य हुने खतरा !

    काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय नेकपाको सचिवालय बैठकले गरेको एक साता बितिसकेको छ ।

    तर, अहिलेसम्म उनलाई सांसद मनोनीत गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छैन । गत वर्षको फाुगन १४ गते नै वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो ।

    तर, ६ महिनासम्म पनि पार्टीको त्यो निर्णय कार्यान्वयन हुन सकेन । गत साताको सचिवालय बैठकले पहिलेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    तर, पार्टीकै निर्णय यसरी भाका सर्दै जानुले कतै वामदेवलाई फेरि पनि हात लाग्यो शून्य त हुने होइन भन्ने विश्लेषण गर्न थालिएको छ । बुधबार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डामा समावेश मन्त्री र राजनीतिक नियुक्तिसम्बन्धी बुँदा ‘संवैधानिक व्यवस्था र कानुनी प्रबन्ध’ उल्लेख गरिनुले वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाइए पनि मन्त्री बनाउन नमिल्ने आशयले हालिएको त होइन ? भन्ने चर्चा नेकपा वृत्तमा सुरु भएको छ ।

    प्रधानमन्त्री ओली र प्रचण्डबीच चाँडै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति त भइसकेको छ । तर, अबको मन्त्रिपरिषद् पुनर्गठनमा वामदेव फेरि पनि छुट्ने हो कि भन्ने आशंका उब्जिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend