काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमणक पोजेटिभ देखिएपछी उनले सामाजिक संजाल फेसबुक मार्फत स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको जानकारी दिएका छन् ।
कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो आएको थियो । आफुलाई शंका लागेपछि सोमबार नै धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका थिए ।
उक्त अस्पताल बाट कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म गर्न टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।
उनि अहिले चिकित्सकहरुकाे सल्लाह अनुसार हाेम आइसाेलेसनमा बसेको जानकारी दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।