आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

अबको अर्थमन्त्रीमा कसको पल्लाभारी, ओलीको निशानामा को ?

अबको अर्थमन्त्रीमा कसको पल्लाभारी, ओलीको निशानामा को ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 4.8K
    SHARES

  • अबको अर्थमन्त्रीमा कसको पल्लाभारी, ओलीको निशानामा को ?

    काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक यही शुक्रबारका लागि बोलाइएको छ । दुई महिनाअघिदेखि स्थगित बैठक नबसेकै कारण सरकारको कामकारबाहीमा पनि असर गरेको छ ।

    त्यसैले स्थायी कमिटी बैठकलगत्तै वा असोज मध्यमा बस्ने केन्द्रीय समितिको बैठकपछि प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थितिमा देखिएका छन् ।

    आफ्नो विश्वासा पात्र एकपछि अर्को गरी गुमाउनु परेपछि ओली निकै असन्तुष्ट छन् । गत फागुनमा गोकुल बास्कोटा र अहिले डा.युवराज खतिवडा बहिर्गमनको पीडा प्रधानमन्त्री ओलीमा धेरै रहेको स्रोतले बताएको छ ।

    त्यसैले पनि अहिले अर्थ मन्त्रालय आफैंले राखेर खतिवडालाई ‘डिफ्याक्टो’ अर्थमन्त्री बनाएर राखिएको छ । यसको संकेत प्रधानमन्त्री ओलीले आइतबार राति बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा खतिवडालाई सामेल गराएर दिएका छन् ।

    सो छलफलमा खतिवडाले अर्थमन्त्रीकै स्टाइलमा उद्योगी व्यवसायीलाई सल्लाह र सुझाव दिएका थिए । यसअघि प्रधानमन्त्री ओली आफैंले उद्योगी व्यवसायीसँग छलफल गर्ने गर्थे, तर अहिले किन खतिवडालाई सामेल गराइयो ? भन्ने विषयमा सर्वत्र चासो देखिएको छ ।

    कतै खतिवडालाई नै फेरि अर्थमन्त्री बनाउने उनको चाहना त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेका छन् । खतिवडा अर्थमन्त्रीबाट बहिर्गमन भएसँगै सांसद नै नबनेका वामदेव गौतमदेखि नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुनसम्मले त्यसमा चासो देखाएका छन् ।

    तर, प्रधानमन्त्री ओलीको मनमा के छ भन्न सकिने अवस्था छैन । सोमबार बालुवाटार पुगेको नेकपा अध्यक्ष प्रचण्डले चाँडै खाली भएका मन्त्रालयमा जिम्मेवारी तोक्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend